नागरिकको बास उठाएर अस्पताल बनाउने जग्गा खोज्दै रतुवामाई नगरपालिका

नागरिकको बास उठाएर अस्पताल बनाउने जग्गा खोज्दै रतुवामाई नगरपालिका

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा बसोबास गरिरहेको एक परिवारले स्थानीय सरकारले जर्बरजस्ती स्थान्तरण गर्न खोजेको गुनासो गरेको छ ।

संघीय सरकारको योजना अनुसार एक पालिका एक अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बसोबास कायम भएको परिवारलाई स्थान्तरण गर्न लागिएको हो ।

रतुवामाई नगरपालिका–४ झुर्कियामा १८ करोड लागतमा अस्पताल बनाउने योजना छ । नगर उपप्रमुख दमयन्ता चुडालका अनुसार गतवर्षदेखि नै अस्पताल निर्माण गर्नुपर्ने भएपनि जग्गा उपलब्ध हुननसक्दा तीन करोड रुपिँया बजेट फ्रिज भएको छ । यो वर्ष अस्पताल निर्माणको काम थाल्नका लागि जग्गा व्यवस्थापनको काम सुरु गरिएको हो ।

अस्पताल निर्माणस्थलमा तेतरीदेवी मल्लिकको नाममा कित्ता नम्बर ३५५ मा १ कठ्ठा ३ धुर जग्गा रहेको छ । उक्त जग्गा सुकुम्वासी समाधान आयोगबाट उनीहरुको नाममा दर्ता भएको हो । उनलाई स्थानीय तहलाई जग्गा दिने सम्झौतापत्रमा हस्ताक्षर गराईसकिएको छ । त्यस वापत स्थानीय तहले सट्टाभर्नामा जग्गा दिएर घर निर्माण गरिदिने सम्झौता गरेको छ । तर, तेतरीका दुई छोरा कैला मल्लिक र अजुतिया मल्लिक छन् । जसमध्ये कान्छो छोरा अजुतिया मल्लिकले जग्गा दिने सहमति गरिसकेपनि जेठो छोराले अहिले मानेका छैनन् । छोरी कल्पनाका अनुसार उच्च अदालत विराटनगरले गत पुस १७ गते अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि उनीहरुलाई नहटाउन भनेको छ । तर, पनि स्थानीय तहले उनीहरु विरुद्ध संस्थागत घेराबन्दी गरेको छोरी कल्पनाको गुनासो छ ।

कल्पनाले फोनमार्फत आफ्नो गुनासो पोख्दै भनिन्–हामी मल्लिक समुदायको एकघरलाई मात्रै त्यहाँबाट उठाउन लागिएको छ । हामी बसेको स्थानमा ५० घरको बसोबासी छ । तर, अरुलाई हट्नु पर्ने भनिएको छैन । अहिले त्यहाँ रहेका हाम्रो परिवारलाई झुर्किया बजारमा रहेका पसलले समेत सामान दिन छोडेका छन् । अस्पताल त्यहिं राख्नुपर्ने स्थानीयको माग अनुसार नगरपालिकाले जग्गा व्यवस्थापनका लागि मल्लिक परिवारलाई स्थान्तरण गर्न लागेको हो । उनीहरुको जग्गा अस्पताल निर्माण गर्ने क्षेत्र भित्र पर्ने भएपनि व्यक्तिगत नाममा राज्यले नै उपलब्ध गराएको हो ।

जग्गाको स्वामित्व भएकी तेतरी मल्लिक लेखपढ गर्न नजान्ने भएकोले झुक्याएर हस्ताक्षर गराएको आरोप छ । स्थानीय सरकारले आफ्नै नागरिकलाई झुक्याएर हस्ताक्षर गराउन नसक्ने दावी नगरपालिकाका अधिकारीहरुको छ । तर, सट्टाभर्ना वापतको जग्गा त्यति नै मूल्यको दिनुपर्ने र घर निर्माण गर्नुपर्ने माग बसोबास भईरहेको मल्लिक परिवारको छ ।

बजार क्षेत्रको जग्गाबाट उठाएर पोखरी नजिकको जग्गा दिन खोजिएकोले जान नमानेको हौं, कल्पनाले भनिन्–हाम्रो परिवारमाथि जातिय विभेद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्