विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरी नायब महानिरीक्षकमा श्यामलाल ज्ञवाली खटाइएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वबाट प्रदेश १ मा सरुवा भएका हुन् । उनको स्थानमा किरण राणा खटाइएकी छन् । प्रदेश १ का डिआईजी सुदीप गिरी विशेष ब्यूरोमा सरुवा भएका छन् ।
बिहीबार नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षकको काज सरुवा गरिएको हो सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।
मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा र भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।
प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।