मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

उनी गत पुस २४ गते नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्ति भएसँगै कार्कीले २५ गते नै शपथग्रहण गर्दै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गरेका थिए । आजै विश्वासको मत लिनु अगाडि कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने बताइएको छ । यसअघि एमालेका तिलकुमार मेन्यांबो, राप्रपाका भक्ति प्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेपनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि तय भएको छ । उक्त बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । आजकै बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेश हुनेछ । प्रदेश १ सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग गर्दै माओवादी केन्द्र भने पहिलो पटक गठन भएको मन्त्रीमण्डलमा समावेश भएको थिएन । तर, विहिवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले माओवादी सरकारमा सामेल हुने बताइएको छ ।

माओवादीवाट को-को हुँदैछन मन्त्री ?
माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य रहेका छन् । चापागाईं तेह्रथुम र आचार्य मोरंगका हुन् । दुवै जना माओवादीका केन्द्रीय सदस्य हुन् । यस्तै एमालेबाट मन्त्री थप हुनेमा बुद्धिकुमार राजभण्डारी रहेका छन् । उनी सोलुखुम्बुबाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री कार्कीको नयाँ मन्त्रीमण्डलले प्रदेशको १३ मन्त्रालय घटाएर ९ मा झारेको छ । जसमध्ये एमालेले ४, माओवादी केन्द्रले ३, राप्रपाले १ र जसपाले १ मन्त्रालय राख्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्