झापामा स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु

झापामा स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु

विराटनगर । झापाको गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् । बिहिबार दिउँसो ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे. १ ख २६७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएकी दाहालको उपचारको क्रममा बि. एण्ड. सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक गौरादह-२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्