धरानबाट ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धरानबाट ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनसरी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्