प्रदेश १ को उपसभामुखमा एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने

प्रदेश १ को उपसभामुखमा एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने

विराटनगर । नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।

दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।

सत्ता साझेदार दलको तर्फबाट एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसके पनि विपक्षी दलको उम्मेदवार टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्