मोरङको सुनवर्षीमा उत्साहका साथ भाक्का दिवस सम्पन्न

मोरङको सुनवर्षीमा उत्साहका साथ भाक्का दिवस सम्पन्न

वीरेन्द्रकुमार साह
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ धोकरियामा ६ औँ राष्ट्रिय भाक्का दिवस दिवस उत्साहका साथ सम्पन्न भएको छ ।

शुक्रबार कोच राजबंशी समाज युएई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई राजबंशी समाज बिकास समिति मोरङका जिल्ला सदस्य कोमलसिंह राजबंशीले स्वागत मन्तब्यका साथ स्वागत गरेका थिए।

दिलिप राजबंशीको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एक ईन्चार्ज लहरु माया जिमी याक्खा विशिष्ट अतिथिमा सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशि तथा उपमेयर मिरादेवी दास,वडा अध्यक्ष, बुद्धिजीवी ,राजनीति दलका प्रतिनिधि ,प्रहरी ,पत्रकार लगायत स्थानीयको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि याक्खाले समग्र राजबंशी समुदायको उत्थानको लागि काम गर्ने बेला आएको बताईन । स्थानीय सरकार ,प्रदेश सरकार र संघिय सरकारमा राजबंशी समुदायको प्रभावकारी उपस्थित जनाउनको लागि आगामी निर्वाचनहरुमा राजबंशीहरुको मत एक हुनुपर्नेमा उनले जोड दिईन।

सुनवर्षी नगरपालिकाका मेयर श्याम राजबंशीले राजबंशी समुदायको चौतर्फी बिकासको लागि आफुले सक्ने योगदान गर्ने बताए । यो एतिहासिक भाक्का दिवसको कार्यक्रम सुनवर्षी नगरपालिकामा पहिलो चोटी यति भब्यताको साथ कार्यक्रम आयोजना गरेकोमा मेयर राजबंशीले आयोजकलाई धन्यवाद समेत दिए ।

भाक्का दिवसको कार्यक्रममा राजबंशी समुदायका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए । राजबंशी समुदायका चर्चित कलाकारहरु गायक राम राजबंशी ,रोमियो राजबंशी,खुस्बु राजबंशी,हास्यकलाकार पथारु राजबंशी,कबि प्रेम राजबंशी,हमार गान हमर वादन नृत्य टोलि झापा ,राजबंशी युवा क्लब लगायतका कलाकारहरुले आफ्नो प्रस्तुतिका देखाएर दर्शकको मन जितेका थिए ।

भाक्का दिवसको अवसरमा राजबंशी समुदायको मौलिक खाना रुपमा प्रसिद्द भाक्काको नि:शुल्क स्टल पनि राखिएको थियो। उक्त स्टलमा २२ जना महिलाहरुले कार्यक्रममा उपस्थित भएकाहरुको लागी भाक्का बनाएका थिए। भाक्का स्टलबाट करिब ५ हजार भाक्का उपस्थित व्यक्तिहरुलाई नि:शुल्क वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

उक्त भाक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाको कार्यक्रम सह-संयोजक तथा राजबंशी समाज बिकास समितिका किन्द्रिय सदस्य जयप्रकाश राजबंशील बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्