यती एयरलाइन्सका सवार ६८ यात्रुको शव संकलन

<span class='c1'>यती एयरलाइन्सका सवार ६८</span> <span class='c2'>यात्रुको शव संकलन</span>

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो ।

दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । तीमध्ये ६८ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । अन्यको शव खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छ ।

विमानमा १५ जना विदेशी नागरिक थिए । तीमध्ये ५ भारतीय, ४ रुसी, कोरियाका २ र आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक–एक नागरिक विमानमा थिए । यती एयरलाइन्सका प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै सवार ६८ यात्रुको मृत्यु भईसकेको जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्