यति एयरलाइन्सको दुर्घटनाको खबरले स्तब्ध बनाएको छ: प्रदेश प्रमुख खापुङ

यति एयरलाइन्सको दुर्घटनाको खबरले स्तब्ध बनाएको छ: प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङज्यूले यती एयरलाइन्सको दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन् ।

श्रद्धाञ्जली तथा समवेदना पत्रमार्फत प्रदेश प्रमुखले खापुङले आज भएको यति एयरलाइन्स दुर्घटनाले मर्माहत एवम् स्तब्ध बनाएको बताएका हुन् ।

जारी श्रद्धाञ्जली तथा समवेदना पत्रमार्फत प्रदेश प्रमुखले भनेका छन् । –“आज काठमाडौँबाट पोखरा उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटना भएको दुःखद खबरले म अत्यन्तै मर्माहत एवम् स्तब्ध भएको छु । हाम्रो देशमा भएको यति ठूलो दुर्घटनाबाट मुलुकले अपुरणीय क्षति व्यहोर्दै गहिरो शोकमा डुबेको छ । दुर्घटनामा जीवन गुमाउनुभएका यात्रु एवं चालक दलका सदस्यहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्