आँखा अगाडी ५८ जना साथी गुमाउदा…..

<span class='c1'>आँखा अगाडी ५८</span> <span class='c2'>जना साथी गुमाउदा…..</span>

विराटनगर । कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन
कसले भन्छ, योद्धाहरुको जित हुँदैन
एक दुइ हार हुन सक्छ
तर,मुटु स्पात बन्छ
वीरहरुको मुटुभित्र संसार फेर्ने साहस हुन्छ.....।

जनयुद्धताका माओवादी कलाकारले सृजना गरेको यो गीतले धेरै युवाहरुलाई जनयुद्धमा होमिन प्रेरित गरेको थियो । त्यही युवाहरुको हुलमध्येका तेह्रथुमका दुर्गाप्रसाद चापागाई पनि एक हुन् । तेह्रथुम प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद रहेका चापागाई शुक्रबार मन्त्रीको शपथ लिएका छन् । चर, मन्त्रालय भने हालसम्म तोकिएको छैन । उनी २०७० मा संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए ।तर, विजयी हासिल गर्न सकेनन् । त्यही हारलाई जितमा बदलेका चापागाई मंसिर चारको निर्वाचनमा विजयी भएसँगै पहिलो पटक संसदीय यात्रा तय गरेका हुन् ।

पहिलो संसदीय यात्रामा नै सरकारको प्रतिनिधित्व गर्ने स्थानमा पुगेका ४० वर्षीय चापागाईं आबको राजनीति नयाँ शिराबाट संगठन गर्ने अवसर पनि मिलेको मओवादी केन्द्रकै नेताहरु बताउछन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका चापागाईं निर्वाचित भएको क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । चपागाईले एमालेका पूर्व प्रदेशसभा सदस्य तेजमान कन्दङ्बालई पराजित गरेका हुन् । आठराई गाउँपालिकाको छातेढुंगामा २०३९ सालमा जन्मिएका चापागाईं १७ वर्षमै सशस्त्र जनयुद्धमा होमिएका उनी विद्यार्थीकाल देखि माओवादी केन्द्रको संगठन निर्माणमा सहभागी भएका थिए ।

सालमा अनेरास्ववियुको प्रारम्भिक इकाइ कमिटी सदस्य बनेका चापागाई ०५४ मा अनेरास्ववियु पाचौं इलाका कमिटीको सहसचिवको जिम्मेवारी सम्हालेका थिए । अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई समितिको अध्यक्ष तथा जिल्ला सदस्य हुँदै उनी ०५७ मा अनेरास्ववियु (क्रानन्तिकारी)को जिल्ला अध्यक्ष भएका थिए । यसैगरी अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय समिति सदस्य हुँदै ०६१ मा जनमुक्ति सेना नेपालको कम्पनी कमिस्नर भएर कार्यभार सम्हालेका थिए ।
२०५७ मा नेकपा माओवादी केन्द्रको सदस्यता लिएका उनले तत्कालै एरिया कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । उनी २०५८ मै माओवादीको जिल्ला कमिटी सदस्य र एरिया सेक्रेटरी भएका उनी २०६१ मा मेची–कोशी क्षेत्रीय व्युरो सदस्य भए । २०६२ मा कोशी उप–व्युरो कार्यालय सचिव हुँदै २०६३ मा पार्टीको जिल्ला सेक्रेटरी भए ।

२०७१ मा पार्टीको जिल्ला अध्यक्ष भएका उनले ०७२ मा पार्टीको केन्द्रिय सदस्य, पोलिटव्युरो सदस्य र जिल्ला इन्चार्जको समेत जिम्मेवारी पाएका थिए ।
त्यसो त उनलाई तेह्रथुममा माओवादीको संगठन निर्माणको जग बसाल्ने नेताको रुपमा चिनिन्छन् । उनी वर्षमान पुन ऊर्जामन्त्री हुँदा उनको स्वकीय सचिव भएरै काम गरे थिए । उनले त्यसबेला उज्यालो तेह्रथुम अभियान चलाएका थिए ।

जनयुद्धमा श्रीमती गुमाउदाको क्षण

हुन त पाउनु र गुमाउनु संसारको रित नै हो भन्ने पनि गरिन्छ । यही भनाई अनुसार नै भन्ने हो भने चापागाईले जनयुद्धको समयमा आफ्नी जीवन संगिनी गुमाएका थिए । माओवादीको जनमुक्ति सेनामा कार्यरत उनले २०६२ सालमा सहादत प्राप्त गरकी थिइन् । त्यसो त सिमाको परिवारका अधिकांश सदस्य जनयुद्धमा सहभागी थिए । श्रीमतीको सहादतपछि चापागाईले जनयुद्धमै सहभागी सिमाकै बहिनी इन्दिरा कार्कीसँग दोस्रो विवाह गरेका हुन् । उनकी श्रीमती र २ छोरा छन् ।
जनयुद्धमा बलिदानी गर्ने सहिद र योद्धाहरुले खेलेको भूमिकाकै कारण अहिले मन्त्री बन्ने अवसर पाएको चापागाईं बताउछन् । उनले गफिर्दै गर्दा बलिदानीलाई घात पुग्ने कुनै काम नगर्ने समेत प्रतिवद्धता जनाए । १७ वर्षको उमेरमा समावेश गरेका कुरालाई स्मरण गर्दै उनले त्यो समय सम्झिँदा मन भक्कानिने गरेको समेत सुनाए । आफनै आँखा अगाडि श्रीमती गुमाउदाको पिडा स्विकार्नु त्यति सहज त नहुँदो हो । तर, पनि परिवर्तन सँगै नयाँ आयाम ल्याउन जनयुद्धमा होमिएका चापागईलाई वियोगको क्षण कम्जोर बन्ने छुट नभएको उनी सुनाउछन् ।

आँखा अगाडी ५८ जना साथी गुमाउदा.....
जनयुद्ध ताका तेह्रथुम जिल्लाबाट ५८ जना साथीहरुलाई गुमाउनु पर्दाको पिडाले उनको मन अझै कुँडिएर अमिलो हुने गरेको उनी सुनाउछन् । उनले त्यहि त्याग र बलिदानले पनि देशमा व्यवस्था स्थापित भएकोले त्यसप्रति सँधै इमान्दार रहने प्रतिबद्धता जनाए ।

त्यसो त उनी प्रदेश सरकारको नेतृत्व पंक्तिमा उभिएसगैँ उनको निर्वाचन क्षेत्रमा अपेक्षा र खुसीयाली छाएको छ ।
उनले प्रदेश प्रमुखबाट शपथ लिँदैगर्दा आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवाललगायत कांग्रेस नेताहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्