सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल प्रयोगहीन

<span class='c1'>सोलुखुम्बुको काँगेलडाँडा</span> <span class='c2'>विमानस्थल प्रयोगहीन</span>

साेलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ मा रहेको यो विमानस्थल झण्डै सात वर्षदेखि उपयोगमा आउन सकेको छैन ।

राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै यो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । झण्डै आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीय बासिन्दासमेत उडान परीक्षणमै सीमित हुँदा निराश बनेका छन्।

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरि सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको विमानस्थल सञ्चालनमा आउने स्थानीय बासिन्दाले आशा मारिसकेका छन् ।

विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ । २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ सालसम्म नेपाल एअरलाइन्स र तारा एअरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो। रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्