नेपाली काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई चयन

नेपाली काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई चयन

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राईलाई प्रमुख सचेतकमा चयन भएका छन् ।

खोटाङ प्रदेशसभा (ख) बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम प्रमुख सचेतक नियुक्त गरेको हो ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम राईलाई सचेतक चयन गरेको नेपाली काँग्रेस प्रदेशसभा संसदिय दलको कार्यलयको पत्रमा उल्लेख छ ।

राई कांग्रेस प्रदेश १ का महामन्त्रीसमेत समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्