कवयित्री सुष्मा दाहालकाे मध्यान्तर कविता संग्रहकाे विवेचनात्मक कार्यक्रम सम्पन्न

कवयित्री सुष्मा दाहालकाे मध्यान्तर कविता संग्रहकाे विवेचनात्मक कार्यक्रम सम्पन्न

महेश भट्टराई
इटहरी । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीद्वारा आयाेजित कार्यक्रममा कवयित्री सुष्मा दाहालकाे मध्यान्तर कविता संग्रहको विवेचना गरिएको छ ।

साहित्यकार श्रीप्रसाद पोखरेलको सभापतित्व र वरिष्ठ प्रा.डा. गोपाल भण्डारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भव्य र सभ्य तरिकाले आइतबार सम्पन्न भएको हाे ।

मध्यान्तर कविताकाे कवि मनु मन्जिल र टीका आत्रेयले समालोचनात्मक तरिकाले टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रममा तेह्रथुमका शिक्षा अधिकारी कवयित्रीका पति भीमप्रसाद मिश्रले गहकिलो मन्तव्य राख्दै पत्नीकै दिन रातको मिहिनेतले सफल भएकोमा बधाई तथा शुभकामना दिंदै डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष कवि विनोद विवश घिमिरे सहित डियर कल्याण परिवारलाई कार्यक्रम सफल बनाउन सहयोग गरेकाेमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै गरी , कार्यक्रम संचालक भरत गुरागाईँ 'बर्बरिक'ले कवयित्रीसँग अन्तर संवाद गरी कार्यक्रमलाई राेचकता बनाउने प्रयत्न गरे । कार्यक्रममा वरिष्ठ साहित्यकारहरूले मध्यान्तर कविता संग्रहकाे बारेमा विवेचना वा विमर्श गर्दै कवयित्री दाहाललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

२०७९ मंसिरमा प्रकाशित भएको मध्यान्तर कविता संग्रहभित्र पचास ओटा कविताहरू समावेश गरिएको छ ।
केही थान सुन्दर सपना थिए
जाे कहिल्यै विपना बन्न सकेनन्
केही थान अनमाेल भावना थिए
जाे कहिल्यै खुल्न सकेनन्

- मध्यान्तर

कार्यक्रममा कवयित्री दाहालले मध्यान्तर कविता संग्रह सिर्जना गर्न सहयोग पुर्‍याउने सबै सहयोगीहरूलाई धन्यवाद दिंदै साहित्यानुरागीहरूको इच्छा अनुसार पहिलो महिनावारी कविताकाे वाचन गरि सुनाएकी थिईन् ।
हजारौं विषालु काँडाहरूबीच
आज सबेर सबेरै एउटा सुन्दर
सुकाेमल गुलाफकाे पत्र
थाहै नदिई फक्रिएकाे छ

जीवनको उर्वरता र सृष्टिकाे
चक्रकाे पालना गर्दै
छाेरी तिमीलाई पहिलो पटक
महिनावारी भएको छ । भन्ने पङ्क्ति मीठास तरिकाले वाचन गरी सुनाउँदा सभाहल ताली र हुटिनले गुन्जिएकाे थियो ।

कार्यक्रममा सहभागी हुनका लागि पूर्वका माेरङ,झापा,सुनसरी , धनकुटा,तेह्रथुम लगायतका विभिन्न जिल्लाहरूबाट साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम गाेरखा हाेटलकाे दास्राे तलाकाे सभाहल इटहरी, सुनसरीमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्