झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

<span class='c1'>झापाबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा । झापाको मेचीनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् ।

घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्