पूर्वमा भर्खरै फस्टाउदैछ चित्रकला…..

पूर्वमा भर्खरै फस्टाउदैछ चित्रकला…..

सुजता लिम्बू
विराटनगर । नेपालमा कलाकार धेरै छन् । तर, कलाका स्वाद चाख्ने पारखी भने कमै भेटिन्छन् । यस्तो चुनौतीका वीच पनि चित्रकलालाई बजारिकरण गर्ने हुटहुटीमा नेपालका धेरै कलाकारहरुले यही क्षेत्रमा दशकौँ गुजारी सकेका छन् ।

अधिकांश कला केन्द्र अर्थात काठमाण्डौ केन्द्रिकृत भएको पूर्वेली कलाकारहरुको गुनासो नभएका पनि होइन् । काठमाण्डौमा लाखौँमा विक्रि गर्न सकिने चित्रकला पूर्वमा भनौ मोफसलम हजारको मुल्यमा मात्रै विक्रि हुने गरेको कलाकारहरुका अनुभव पनि छन् । ललित कला संगमका सदस्य निवास पोखरेल करिब ४५ वर्ष देखि चित्रकाल क्षेत्रमा आवद्ध छन् । उनी व्यवासायीक हिसाबले भन्दा पनि रुचीले यो क्षेत्र रोजेको सुनाउछन् । आफूले बनाएको चित्रकला ५० देखि ६० वटासम्म विक्रि पनि गरिसकेका छन् । तर, काठमाण्डौमा झैँ पूर्वमा कलाको मूल्य नपाइने उनको अनुभव पनि छ।

पोखरेललाई कला के हो भन्ने प्रश्नमा भन्छन्,‘ कला जीवन हो र प्रकृतिमय छ । प्रकृतिसँग भिज्नु र संस्कृतिलाई बुझ्नु सक्नुपर्छ ।’ चित्रकला आफ्नो भावना व्यक्त गर्ने माध्यम रहेको बताउने उनी प्रकृतिलाई अध्ययन गर्ने माध्यम पनि चित्रकला रहेको बताउछन् । पौराणिकाल देखि नै नेपाललाई कलाको माध्यमले चिनिने गरेको बताउने उनी १३ औँ शताब्दी देखि कलालाई विशेष महत्व दिएको बताउछन् । त्यसो त पछिल्लो समय अहिले पश्चिमि संस्कृतिले पूर्वेली कला विर्साएको समेत उनी गुनासो गर्छन् ।

‘पश्चिमिपन मात्रै ल्याएकोले पूर्वेली कला अलिकति विर्सिए जस्तो लाग्छ ।’ उनी भन्छन्,‘ तुलनात्मक हिसाबले हाम्रो कलाको आफ्नै महत्व छ । ’
पछिल्लो समय पश्चिमाहरुले नेपालको कला माग्ने गरेको बताउदै उनले विभिन्न स्वाद लिने पारखीहरुले पूर्विया कलालाई स्विकार्न थालेको बताए । उनले कलाकारले यसलाई निरन्तरता दिए चित्रकालको माध्यम बनाएर जिविको पार्जन गर्न सक्ने अवस्था रहेको उनले बताए ।

यस्तै ललित कला संगमका अध्यक्ष जेपि चौधरीले कला सबै केन्द्र केन्द्रिकृत गुनासो गर्छन् । यतिका वर्षमा पनि चित्रकला हस्तकला पूर्व अर्थात मोफसलमा फस्टाउन नसकेको उनी बताउछन् । यो क्षेत्रलाई केन्द्र बाहिर पनि कलाकार छ भन्ने प्रोत्साहन गर्न स्थाीय प्रदेश तथा संघीय सरकारले पनि बेवास्ता गरेको उनले बताए । विराटनगरबाट चित्रकाल कमै निर्यात हुने गरेको र धेरै जस्तो धरानबाट निर्यात हुने गरेको उनले बताए । धेरै जस्तो आर्ट विदेश निर्यात हुने हुँदा यो क्षेत्रमा बाँच्न सकिने उनको भनाई छ ।

प्रदेश १ मा चित्रकला क्षेत्रमा जीवन गुजारीरहेका करिब २५ जना र देशभरमा ५ देखि ६ हजारसम्म रहेको उनले जानकारी दिए । ‘कति व्यवसायिक हिसाबले यो क्षेत्रमा आउचन् कति शौखले,’ उनले भने । यसै क्षेत्रलाई निरन्तरता दिने र मिहेनत गरे कला बेचेर घरगृहस्त थेग्न सकिने उनी बताउछन् ।
विराटनगर पर्यटकीय क्षेत्र नभएकाले पनि सोचे जस्तो नभएको उनको भनाइ छ । उनले आफूले बनाएको चित्र २२ वटा विक्रि भएको बताउदै भने,‘मैले ६० देखि ६५ हजारसम्ममा विक्रि गरेको छु । ’पछिल्लो समय कोठा डेकोरेशनका लागि पनि चित्रकला लिने गरेका उनले बताए ।

यस्तै झापाका छितेन शेर्पा चित्रकला क्षेत्रबाट जीवनयापन गर्न सकिने बताउछन् । उनल सरकारको मुख ताक्नु भन्दा पनि आफै सबल हुन सके यो क्षेत्रमा आम्दानी राम्रै हुने उनको भनाई छ । ‘कतिपय साथीहरुले सरकारले सहयोग गरेनन् भन्र गुनासो गर्नु हुन्छ । सरकार दुर्वल छ हामी सबैलाई थाहा छ । ’ उनी भन्छन्,‘सरकार दुर्वल भइरहदाँ हामी पनि दुर्वल छौँ भन्ने हामी जनता पनि दुर्वल छौं , आफू सवल भयो भने आफ्नो हुन्छ । ’
आफूले लगनशिल भएर काम गर्न सक्ने व्यक्तिगत तर्फबाट आफैलाई फाइदा हुने उनी बताउछन् ।
कलाकारले व्यवसायीक पाटोलाई निरन्तरता दिने हो भने यसलाई सुदृढकरण गर्न सके जीवनलाई चलाउन सक्ने मात्रै नभएर पूणर्रुपमा काम गर्न सकिने उनको भनाई छ ।
यो क्षेत्रबाट जीवन चलेको छ ? भन्ने प्रश्नमा उनी हँस्दै भन्छन्,‘ एउटा कलाकारलाई यही प्रश्न सोधिन्छ, जो कलामा लागेको छ उसलाई सन्तुष्टि पाउनका लागि अर्थ नै आर्जन गर्नुपर्छ भन्ने छैन । ’ बाँच्नका लागि साधारण जीवनशैली अपनाएर पनि जिउन सकिने उनी बताउछन् । उनले कलाकारले आफ्नो मानमा लागेको कुरालाई कला मार्फत उतार्न सकियो भने त्यो नै सन्तुष्टि र कमाइ रहेको उनको तर्क थियो । उनी भन्छन् ,‘जीवन सन्तुष्टि पनि त होनी होइन ? ’ धेरै भ्याट तिनुपर्ने अवस्थाले पनि आफ्नो आयश्रोत नबताउने र गोप्य नै राख्ने गरेको उनी बताउछन् । विश्व बजारलाई नेपालमा ल्याउन नसकेको विषयले सँधै खड्किने बताउदै उनले रैथाने कला प्रस्तुत गर्न नसकिनु पनि एउटा चुनौती रहेको उनी बताउछन् ।

‘नेपालको भौगालिक चित्र विदेश निर्यात हुनेगर्छ । हामीले कुँदेको चित्रमा मौलिकता हुनुपर्छ, ’ उनले भने,‘ नेपालको मौलिकतालाई राम्रोसँग पस्किन सकियो भने विश्वबजारलाई नेपालमा ल्याउन सकिन्छ । ’ उनले ४८ हजारसम्म आफूले बनाइएको पेन्टिङ बिक्रि गरेको सुनाउदै भने,‘काठमाण्डौमा नै बनाएर विक्रि गरिएको भए ४ लाख सम्म विक्रि गर्न सकिन्थ्यो तर पूर्वमा कला बल्ल फस्टाउदै छ। ’ उनले भर्खरै उत्पादन हुँदै गरेका युवा कलाकारहरुलाई जोडेर लग्न नसक्नु पनि चुनौतीको विषय रहेको उनी बताउछन् ।

‘आर्टीस्टहरुलाई टेवा पुर्‍याउने काम गर्न सकिएको छैन । विराटनगरमा असंख्य कलाकार छन् ।’उनले भने,‘ आजको युवाहरुलाई जोडेर लग्न नसक्नु पनि एउटा चुनौती रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्