भोजपुरबाट श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ

<span class='c1'>भोजपुरबाट श्रीमतीको हत्या आरोपमा</span> <span class='c2'>१ जना पक्राउ</span>

भोजपुर । भोजपुरको अरुण गाउँपालिका-२ का ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शनिवार दिउसो ४ बजे श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको र बादबिबादकै क्रममा रिशको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भन्ने सूचना पाए संगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्