चुनौतीको पहाड पन्छ्याउँदै अगाडी बढेको विष्णुको संस्थागत यात्रा

चुनौतीको पहाड पन्छ्याउँदै अगाडी बढेको विष्णुको संस्थागत यात्रा

सुजता लिम्बू
विराटनगर । अक्सर एउटै हैसियत राखेर राजनीतिमा होमिएको होस् या कुनै संघ संगठनमा सहकार्य गरिरहेका महिला र पुरुषमध्ये प्रमुखको दावीमा पुरुष हावी हुन्छन् । प्रमुख पदमा पुरुष हावी हुँदा महिला भने ‘उप वा सह’मा थन्किनु पर्ने बाध्यता छ ।

अझ भनौँ ३३ प्रतिशत महिलाको कोटा पु¥याउनै पर्ने नैतिक दवावले पनि महिला प्रतिस्पर्धामा भन्दा पनि आरक्षणमा चित्त बुझाउनुपर्ने बाध्यता छ । तर, यी सबै चुनौतीसँग जुधेर एउटा सिंगो संस्थाको नेतृत्वमा छिन् विराटनगरकी विष्णु राई । उनी किराँत राई यायोक्खा मोरङ जिल्ला अध्यक्ष हुन् । खोटाङ जन्मघर भए पनि सपरिवार विराटनगर झरेपछि २०६२ सालदेखि उनी परिवारसहित यहिं छिन् । २०७४ सालदेखि संस्थाको अध्यक्ष पद सम्हाल्दै आएकी विष्णुले विराटनगरमा बसोबास गर्दै आइरहेका राई समुदायलाई एकसुत्रमा बाँधेर संस्थागत गराउन होस् या सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । त्यसो त सुरुवातका दिनहरुमा महिलाले नेतृत्व गरेको संस्था कहाँ पुग्ला र ? भन्ने प्रश्नको सामाना नगरेकी पनि होइनन् । तर, आत्मविश्वास र निरन्तरताले संस्थालाई एउटा गन्तव्यमा पु¥याउन सफल भएको उनी सुनाउछिन् ।

उनले संस्थालाई आफ्नो नेतृत्वमा डो¥याउँदै गर्दा चुनौतीका थुप्रै पहाडहरु उक्लुन परेको थियो । विराटनगर महानगरपालिका भित्र बस्दै आइरहेका राई समुदयालाई एउटै स्थानमा समेट्न उनका लागि निक्कै चुनौती थियो । भने, संस्थाको निजी भवन नहुँदा कार्यालय व्यवस्थापनदेखि कार्यक्रम गर्नु सकस हुन्थ्यो । यी सम्पूर्ण अप्ठ्यारो परिस्थितिहरुलाई अवसरको रुपमा लिएर अगाडी बढेको उनले सुनाइन् । ‘म किरात राई यायोक्खाको नगर समितिको अध्यक्ष पद सम्हाल्न अगाडी बढ्दै गर्दा एउटी महिलाले के गर्न सक्ला ? आइमाइ केटाकेटीले के गर्लान ? भन्ने प्रश्नहरु थुप्रै उठेको थियो ’ आफ्ना समुदायका मान्छेहरुलाई एकजुट बनाउन निक्कै चुनौती थियो, आफ्नो निजी भवन नहुँदा कार्यक्रम गर्न सकस थियो उनले सुनाइन्,‘तर, यस्ता प्रश्नलाई अवसर सम्झेर अगाडी बढे, आफू सफल हुनु निरन्तरता, आत्मविश्वास र लगनशिलता चाहीँ हुनुपर्ने रहेछ ।’ उनको पाँच वर्षे कार्यकालमा संस्थाको आफ्नै भवन निर्माण गर्न सफल भएकी छिन् । यो सफलतामा पदाधिकारी सबैले साथ दिएको बताउने उनी संस्थाकी सचिव कुन्ता राई सँगको सहकार्य झनै बलियो रहेको सुनाउछिन् ।

महिलालाई नेतृत्व मान्न नसक्ने परम्पराले गाँजेको समाजमा पद मात्रै खोजेर भन्दा पनि परिणाम दिएर आफूलाई सक्षम सावित गर्नु महत्वपूर्ण पाटो रहेको उनी सुनाउछिन् । किराँत राई यायोक्खाले आफ्नो थातथलो छोडी विराटनर बस्दै आइरहेका करिब ५ हजार राई समुदायलाई चाडपर्वमा , बिरामी देखि मृत्यु हुँदासम्म एक भएर सहयोग गर्दै आइरहेको उनले बताइन् । त्यसो त भित्रै देखि हौसिएर संस्थाका लागि केही गर्छु भन्ने हुटहुटी पैदा हुनुमा परिवारको दर्बिलो साथ अवाश्यकता रहेको उनको बुझाई छ । ‘म एक्लै सफल भएको भने पक्कै होइन, यसमा संस्थाका सबै कार्यसमिति सदस्य हाम्रो समुदायका सम्पूर्ण महानुभावहरुले साथ दिनुभएको छ , त्यसमा झनै दर्बिलो साथ मेरो श्रीमानसहित परिवारले दिनुभएको छ ,’ उनले सुनाइन्,‘केही गर्छु भन्ने चाहाना बढ्नुु परिवारको बलियो साथ र संस्थामा रहेका साथीहरुको साथ भए अवश्य सफलता चुम्न सकिने रहेछ । ’ केही प्राविधिक समस्याले संस्थाको अधिवेशन हुन नसकेको पनि उनले सुनाइन् ।

आगामी कार्यकालमा भने नेतृत्व अरुलाई हस्तान्तरण गर्ने बताउदै उनले आफ्नो नेतृत्वमा सकेसम्म चुनौतीसँग जुधेर एउटा खुड्किला पार गरेको र अब नयाँ साथीहरुलाई सहयोग गर्दै अगाडी बढ्ने बताइन् । काम गर्नुका निम्ति पदमा नै बस्नु पर्ने जरुरी नरहेको बताउने उनी आफ्नो अनुभवसहित सल्लाह सुझाव दिएर पनि संस्थाका लगि काम गर्नु सकिने उनको भनाई छ । संस्थामा आवद्ध हुँदा के पाए र के गुमाए जस्तो लग्छ ? भन्ने प्रश्नमा उनले गुमाउनु भन्दा पनि धेरै पाएको बताइन् ।

‘काम गर्दै जाँदा असफलता र सफलताको जंगार थुप्रैवटा तरियो’ उनले सुनाइन्,‘ असफलतामा पनि पाइला डगमगाएन जब गन्तव्यको एउटा विन्दुमा सफलता प्राप्त भयो, त्यहाँ आत्मसन्तुष्टि पाए ।’ उनी थप्छिन्,‘ आत्मसन्तुष्टि मान्छेका लागि सबैभन्दा ठूलो खुशी हो होइन् र?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्