प्रेस सेन्टर नेपाल पाँचथर शाखाद्धारा पाँच लाख राशिको पुरस्कार स्थापना

प्रेस सेन्टर नेपाल पाँचथर शाखाद्धारा पाँच लाख राशिको पुरस्कार स्थापना

विराटनगर । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले पाँच लाख राशिको पुरस्कार कोष स्थापना गरेको छ । आइतबार प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा कोष स्थापना गरिएको हो ।

जनयुद्धका समयमा पाँचथर जिल्लाको पहिलो सहिद गब्बरसिंह आङदेम्बेको स्मृतिमा पाँच लाख राशिको कोष स्थापना गरिएको प्रेस सेन्टर नेपालका संघीय सदस्य विजयवोध लावतीले जानकारी दिए ।

पत्रकारिता क्षेत्रमा योगदान गर्ने अग्रज एवम् क्रियाशिल पत्रकारलाई सो पुरस्कार प्रदान गर्ने प्रदेश सदस्य रामचन्द्र बम्जनले बताए । वितरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्