प्रेस सेन्टरको स्थापना दिवसमा ताप्लेजुङ शाखाले गरे शैक्षिक सामाग्री वितरण

प्रेस सेन्टरको स्थापना दिवसमा ताप्लेजुङ शाखाले गरे शैक्षिक सामाग्री वितरण

विराटनगर । प्रेस सेन्टर नेपाल ताप्लेजुङ शाखाले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

आज (आइतबार) प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा ताप्लेजुङका फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङस्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सुष्तश्रवण तथा फरक क्षमता भएका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य चन्द्र पन्धाक (प्रयास)ले जानकारी दिए ।

तस्बिर: चन्द्र पन्धाकको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्