माओवादीले राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउँछ : गोकुल बाँस्कोटा

माओवादीले राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउँछ : गोकुल बाँस्कोटा

विराटनगर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सघाउने विश्वास व्यक्त गरेका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बास्कोटाले माओवादी केन्द्रले अब नसघाउनु पर्ने कारण नभएको बताएका हुन् ।

उनले नेपालको राजनीतिक अवस्था षड्यन्त्र देखी षडयन्त्र सम्म र गठबन्धन देखी गठबन्धन सम्म भएकाले एमालेका उम्मेदवारलाई माओवादीले सघाउने दाबी गरे । सभामुख र राष्ट्रपति एमालेका उम्मेदवारलाई सघाउने सहमति भएकाले माओवादीले नैतिकताका आधारमा सघाउनु पर्ने उनले जिकिर गरे । ‘बिचमा आएर राजनीतिक परिवर्तन हुन्छ भने एउटाको मात्रै भद्रगोल हुन्छ भन्ने छैन,’ उनले भने ‘देशकै भद्रगोल हुन्छ ।’

सधैँ षडयन्त्रको राजनीति गरेर त्यसले कहीँ पनि नपु¥याउने भएकाले परिवर्तनको बाटो रोज्नु पर्नेमा उनले जोड दिए । देश तुरुन्तै फेरी मध्यावधि तिर जानु पर्ने अवस्था पनि आउन सक्ने सम्भावना रहेको बताउदै उनले भने ‘त्यसलै दलहरुले चेत्नुपर्छ ।’ चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नु विकल्प नै नरहेको नेता बास्कोटाले बताए ।
रवि लामिछानेको प्रशंगमा एमालेले उप निर्वाचनमा रविलाई सघाउने सकेत समेत गरेका छन् । राजनीतिक घटनाले जे पनि हुन सक्ने बताउदै उनले भने,‘े भोलि समर्थन गर्न पनि सकिन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्