विराटनगर । झापा र सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ केराबारी स्थित संकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्नेक्रममा रामधुनि नगरपालिका-३ का २७ बर्षीय करण कुमार चौधरीको साथबाट २.७९ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी सोही दिन झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितबाट प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री ३२ बर्षीय सन्तोष बिश्वकर्माको साथबाट डाईजेपाम र फेनारगन २१ एम्पुल फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको उनीहरुको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।