धनकुटाका पत्रकार चौधरीको निधन

धनकुटाका पत्रकार चौधरीको निधन

विराटनगर । धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजर चौधरीको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो । राति १ बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

चौधरीका श्रीमती तथा एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्