झापा । झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो दमक-२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक-२ का२२ बर्षीय बिजय धिमाललाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैयाँ, ४ थान मोबाइल र को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १-०२-०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।