कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउछ : ओली

कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउछ  : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले काँग्रेस सरकारमा जस्तोसुकै स्थितिमा पनि आउन चाहेको बताएका हुन् ।

उनले रवि लामिछानेको विषयमा गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने समेत बताए । ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै प्रश्न गरेका थिए । ‘किन चाहियो पूर्णपाठ पुराण वाचन गर्ने हो ?’ भन्दै ओलीले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपालाई गृहमन्त्री मन्त्रालय भाग दिएकाले सो मन्त्रालय उसैले पाउनु पर्ने तर्क गरे ।

आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमती रहेको बताउँदै ओलीले रास्वपाले गृहमन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मा रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्