सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केराबारी-६ का जोसन लिम्बु रहेका छन् ।

बिहिबार दिउँसो साढे १ बजे खोर्साने-केराबारी सडक खण्डमा को. ३२ प ८४६१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्