सुन्दरहरैँचामा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ।

राष्ट्रिय युवा संघ नेपाल वडा १२ को आयोजनामा अगामी माघ २५ देखि फागुन २ गतेसम्म प्रतियाेगिता हुने भएको हाे । नगरभरीका १२ वटा वडाको सहभागिता रहने प्रतियाेगिता शुक्रवारे खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।

प्रतियाेगिताकाे लागि स्व.बुवा दुर्गाप्रसाद सुबेदीको नाममा छोरा टिकाप्रसाद सुबेदीले प्रथम पुरस्कारका लागि रु. ५१ हजार तथा स्व. कबिता लिम्बुको सम्झानामा श्रीमान गोपाल लिम्बुले दोश्रो पुरस्कार ३० हजार सहयोग गरेकाे खेल संयोजक आनन्द बस्नेतले जानकारी दिए ।

वस्नेतले नगर तथा वडामा खेलक्षेत्रकाे विकास गरि समाजका युवालाइ कुलतबाट जाेगाएर शारीरिक रूपमा स्वास्थ्य हुन अभिप्रेरित गर्ने उदेश्यले समेत प्रतियाेगिता आयाेजना गर्न लागिएको उल्लेख गरे ।

युवा संघले प्रतियोगिता आयोजना गरे पनि यसलाई राजनीतिक हिसाबले नहेरी नगरभित्रकै युवालाई खेलकुद क्षेत्रमा अगाडी बढाउन उत्प्रेरित गर्ने उद्धेश्यले खेल आयोजना गर्न लागिएको नगरपालिका प्रवक्ता रोशन ढकालले बताए। उनले खेलकाे वृद्वि विकासका लागि नगरपालिकाले खेलकुद बिकास समिति छिट्टै गठन गर्ने उल्लेख गरे ।

प्रतियाेगिताकाे लागि अनुमानित रू ८ लाख खर्च हुने तथा खेलकाे आवश्यक तयारी साथै आर्थिक स्रोत जुटाउँने कार्य अहिले धमाधम भै रहेको प्रतियाेगिताका सह संयाेजक मिलन तामाङले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्