धरानबाट लागुऔषध गाँजासहित २ जना पक्राउ

धरानबाट लागुऔषध गाँजासहित २ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ चतरा स्थितबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो साढे १ बजे अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका-१ का ३२ बर्षीय योगराज राई र पछाडी सवार ३४ बर्षीय दुर्गा राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ के.जी. १ सय ८० ग्राम लागुऔषध गाँजा फेला पारी मोटरसाइकल सहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्