देवानगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

देवानगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाईते भएका छन । सोमबार बिहान देवानगञ्ज रासी सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टिएको हो ।

दुर्घटना हुँदा घाईते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका–५ का ४० बर्षीय प्रमोद पंडितको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाईते सहचालक देवानगञ्ज–२ का ३० बर्षीय धिरेन्द्र खत्वेको अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्