बेलबारीमा रहेको गुरूकुलका विद्यार्थीहरू च्याउ खेती गर्दै

<span class='c1'>बेलबारीमा रहेको गुरूकुलका विद्यार्थीहरू</span> <span class='c2'>च्याउ खेती गर्दै</span>

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकामा रहेको गुरूकुल पाठशालामा अध्यायनरत कक्षा ८ का विद्यार्थीहरूले च्याउ खेतीको परीक्षण गरि उत्पादन गरेका छन् ।

च्याउ खेती कक्षा ८ को पेशा ब्यवशाय र प्रविधि शिक्षा विषय अन्तर्गत पाठ्यक्रममै उल्लेख भएको छ । च्याउ खेती गर्नुको मुख्य उदेश्य व्यवसायिकता भन्दा पनि अध्ययन गर्नु रहेको विषय शिक्षक रश्मी श्रेष्ठले बताइन । उनले यो परियोजनामा कक्षा ८ का २८ जना विद्यार्थीहरूलाई ५ वटा समुहमा विभाजन गरिएको जानकारी दीइन ।

जसमा केहि विद्यार्थीहरूले पराल र केहिले गहुँको भुसमा च्याउ रोपेका थिए। जसको उदेश्य गहुँको भुसमा वा परालमा कुनमा बढी च्याउ फल्छ भन्ने पत्ता लाउनु रहेको विद्यार्थी मनिष भण्डारीले बताए ।

च्याउ रोपेको २८ दिनमा च्याउ उम्रिन सुरू गरेको र टुसा पलाएको १२ दिनमा च्याउ टिपिएको समुह ५ की विद्यार्थी स्मारिका गुरूङले जानकारी दीइन । उनको अनुसार च्याउ उत्पादनमा लाग्ने कच्चा पदार्थ पराल, च्याउको बिउ, प्लास्टिकको झोला,चुना, दाउरा र डोरी गर्दा एक पोका च्याउको उत्पादन लागत एक सय ६७ रुपैया पर्न आउँछ ।

पहिलो पटक च्याउ फल्दा औसतमा प्रति पोका ६ सय ८० ग्राम च्याउ फलेको थियो। सो च्याउलाई विद्यार्थीहरुले प्रति किलो दुई सय ४० रुपैयाँका दरले अभिभावकहरुलाई बेचेकाे विद्यालयका प्रिन्सिपल कुमार खुलालले बताए ।

प्रतिपोका च्याउको उत्पादन लागत एक सय ६७ रुपैयाँ र पहिलो पटक उत्पादन भएको प्रतिपोका च्याउबाट एक सय ६३ रुपैयाँ आम्दानी भएको थियो । एक पोका च्याउको बिउलाई ६० रुपैयाँ पर्ने हुनाले नगरपालिकाले सो बिउ किसानहरुका लागि नि:शुल्क उपलब्ध गराउने हो भने च्याउबाट किसानहरुले राम्रो लाभ पाउने देखिएको समुह ३ की विद्यार्थी कृतिका राईले बताईन ।

अब दोस्रो र तेस्रो पटक फलेको च्याउ नाफा हुने र कति फल्छ सो हेर्न बाँकी रहेको विद्यार्थीहरू बताउँछन् । किताबी र घोकन्ते शिक्षा भन्दा व्यवहारिक ज्ञान र सीप मुलक शिक्षा प्रदान गर्नु विद्यालयको मूल उदेश्य रहेको प्रिन्सिपल खुलालले उल्लेख गरे । 'च्याउ एक प्रकारको ठुसी प्राजति हो ,जुन सामान्यतया एउटै पोकामा ३ पटक सम्म फल्ने गर्दछ' खुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्