विद्यार्थीलाई दुरुत्साहन आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई दुरुत्साहन आरोपमा शिक्षक पक्राउ

बिर्तामोड । आत्महत्या दुरुत्साहन आरोपमा झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा बुधबार शिक्षक दासलाई निवासबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेको आरोप छ । सोनी साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि शिक्षक दासको घरमा अभिभावक र विद्यार्थीले तोडफोड गरेका थिए । त्यसपछि शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्