भ्यालेन्टाइन्स डे : प्रेम या ट्रेण्ड

<span class='c1'>भ्यालेन्टाइन्स डे :</span> <span class='c2'>प्रेम या ट्रेण्ड</span>

सुजता लिम्बू
साँझले छोपेको विराटनगरमा सज्जित एउटा क्याफे मधुर संगीतको धुनले डम्म अघाएको थियो । कालो फराकिलो कोठालाई चारैतिर विजुलीको प्रकाश र हातले कुँदिएको चित्रहरुले कृत्रिम सुन्दरता दिने निरन्तर प्रयास गर्दै थियो । त्यो एउटा कोठा भित्र अनेकन चित्रहरु देख्न सकिन्थ्यो । हो त्यही कोठा भित्र देखिएका थुपै्रवटा चित्रहरु मध्ये एउटा चित्र मैले मेरो मस्तिष्कमा कैद गरे । क्याफेको काउण्टर छेउकै कुनाबाट बज्ने मधुर संगितको धुनसँगै वातावरणमा पौडी खेल्दै उनको आवाज मेरो कानसम्म आइपुग्थ्यो । किनकी म उसँगै झण्डै जोडिएको टेबलमा कफिसँग साँझको मजा लिदैं बसेको थिएँ । त्यसो त उनी पनि एक्लै थिइनन् । उनीसँग हो मा हो मिलाउने साथी थिए । सँगै हातमा हुक्काको लामो पाइप र तितामिठा गफ ।

उमेरले यस्तै १६-१७ कि थिइन् । गहुँगोरो, बाटुलो अनुहार, लामो कपाल उनको बयान एकै शब्दमा गर्नुपर्दा–सुन्दर । या त भनौँ झट्ट हेर्दा उनको ग्रुपको जो कोहीको ध्यान उनैतर्फ खिचिन्थ्यो । उनको गफ सुन्दा, सुनौलो भविष्यको अपेक्षासहित बाआमाले दुःख गरेर शहर पढ्न पठाए जस्तो लाग्यो ।

ठूलोठूलो स्वर हालेर गफिदै गर्दा उनले मन भित्र गुम्सिएको आवेग छेउको साथीहरुलाई पोख्दै थिइन् ‘गाँउबाट बा ले कलेजको फि तिर्न भनेर दश हजार हाल्दिएका थिए, बोई फ्रेण्ड सँग घुम्न जाँदा सकियो यार । अब फेरि के भन्दै पैसा माग्ने होला ।’

प्रश्नसँगै हुक्काको पाइप उठाएर एक सर्को लगाइन् । हुक्काबाट आएको मुस्लो धुँवामा तिनले मन भित्र गुम्सिएका भावनाहरु पनि निकाल्दै थिईन् । उनी ११ या १२ कक्षामा पढ्दै हुन । युनिफर्म नै नफेरि हुक्काको धुँवासँगै बाआमाको विश्वास र सपनाको धज्जी उडाइरहँदा अलिकति पनि मनमा पश्चतापले डेरा जमाएको थियो या थिएन ? यो प्रश्नको जवाफ उनकै चेतनाले दिन सक्ला । यही उत्तरहिन प्रश्नसँगै कफिको चुस्कि मार्दै गर्दा फेरी तिनकै टेबलले मेरो ध्यान कब्जा गर्यो ।

‘भ्यलोन्टाइन्स डे’ अर्थात १४ फेब्रवरीमा के गिफ्ट लिएर डेट जाने होला है ? उ त क्या चुजी छ यार । जस्तो पायो त्यस्तो केही पनि लिन मान्दैन । उनको त्यो चिन्ताजनक अभिव्यक्ति सुन्दै गर्दा मनमा नमिठो भावले साह्रै नराम्रो डेरा जमायो । छड्के नजरले ती नानीलाई हेरीरहे, बाआमाले हुर्कदै गरेको उमेरमा धेरै ठूलो सपना सजाएको होलान् । समाजमा प्रतिष्ठित, सम्मानित स्थानमा छोरीलाई उभिएको हेर्ने आमाबाको ठूलो सपना होला, हुक्काको धुँवा झैँ किन सन्तान बाआमाको सपना र भरोसालाई उडाउन तल्लिन हुन्छन् ? यस्तै प्रश्नका एक जमातले भने मेरो मनभित्रको एउटा सानो कुनामा लडाई गरिरहेको थियो । प्रेमको महत्त्वलाई निर्जीव बस्तुसँग जोडेर अरु भित्र खुशी खोज्ने सन्तानले आफुलाई यो संसार चिनाउने बुबाआमाको भावनालाई किन सस्तो सम्झिन्छन् होला ? मेरो मनभित्रको प्रश्न र ती नानीहरुको गफमा ‘ब्याक ग्राउण्ड’ स्कोर नेपथ्यमा बजिरहेको पुरानो गीतले दिईरहेको थियो ।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा ।।।
यो माहोल र नारायण गोपालको अमर आवाज एकदमै मनमोहक संयोगले त्यो क्याफेको माहोल एकदमै रोमान्चित बनाएको थियो । बाआमाको माया र स्पर्शले फरक नपारेको कलिलो मनलाई मात्र केही दिनमा परिचित भएको एउटा मान्छेको मायाले कति फरक पारेको ? बाको पसिना, आमाको ममताको आँचल भुलेर एउटा अपरिचित पुरुषको खुशी खोज्नु पनि कलिलो उमेरको माया हुँदो हो । या भ्रम ! अहिले समाएको ति निर्दोष हातले जिन्दगी थाम्न सक्ला या नसक्ला ? यो त समयले तय गर्ला तर, कुनै पनि उपहारले प्रेमको सुन्दर सम्बन्धलाई सार्थकता दिने पनि होईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्