मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का २६ बर्षीय लकि गुरुङ, ३२ बर्षीय कुस बहादुर भुजेल, धरान २ का काम्मराज लिम्वु र धरान ४ का ३० बर्षीय सन्जु बि.क.लाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्