झापाबाट १ लाख ८० हजार मूल्य बरावरको अवैध सामान बरामद

झापाबाट १ लाख ८० हजार मूल्य बरावरको अवैध सामान बरामद

झापा । झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मूल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ ।

शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ गैरी गाँउ स्थितबाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु करिव १ लाख १२ हजार बरावरको बरामद गरेको हो।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-५ स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ९ बोरा (३४२ किलो ग्राम) तयारी चियापत्ती बरामद गरेको थियो ।

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्