उदयपुर । उदयपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
२२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।