अपाङ्गता रोकथामका लागि समाजमा सचेतना आवश्यक : मुख्यमन्त्री कार्की

अपाङ्गता रोकथामका लागि समाजमा सचेतना आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अपाङ्गता रोकथामका लागि समाजमा स्वास्थ्य सचेतना आवश्यक रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सरकार, करुणा फाउण्डेशन र स्थानीय पालिका, राष्ट्रिय अपाङ्ग महासङ्घ, बाल अपाङ्ग टेवा संस्थाद्वारा संयुक्तरूपमा आयोजित आयोजित एक कार्यक्रममा मोरङ र सुनसरी जिल्लाका ३५ जनालाई ह्वीलचियर वितरण गर्दै उहाँले सो विचार राख्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले सरकारले सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र स्थानीय तहबीचको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर सरकारले अपाङ्गतामैत्री भवन तथा पूर्वाधार निर्माणका लागि नीतिगत व्यवस्था गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत मोरङका नौ र सुनसरीका छ स्थानीय तहका चार बालबालिका सहित ३५ जनालाई ह्वीलचियर वितरण गरिएको करुणा फाउण्डेशन नेपालका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिनुभयो । शारीरिक अपाङ्गता भएका ३० र पाँच बहुअपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्