मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विहिबार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो ।

त्यसैगरी विराटनगर महानगरपालिका-१२ स्थितमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ का २७ बर्षीय अजय राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्