इटहरीबाट मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

<span class='c1'>इटहरीबाट मोटरसाइकल चोरी गरेको</span> <span class='c2'>अभियोगमा दुई जना पक्राउ</span>

सुनसरी । इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन् ।

गत माघ २५ गते इटहरी उपमहानगरपालिका-२ का बिक्रम खडकाको उक्त मोटरसाइकल चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरू मोटरसाइकल चोरीमा संलग्न रहेको खुल्न आएपछि बिराटनगर महानगरपालिका-११ बाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्