सामान्य वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ झर्न थाल्यो

<span class='c1'>सामान्य वर्षासहित पाथीभरा क्षेत्रमा</span> <span class='c2'>हिउँ झर्न थाल्यो</span>

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर क्षेत्रमा सामान्य हिउँ परेको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।

यो वर्ष पहिलो पटक यस क्षेत्रमा सामान्य हिउँ झर्न सुरु भएको हो । जिल्लाका उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम फुङलिङसहित केही ठाउँमा आज परेको वर्षाले किसानलाई सामान्य राहत मिलेको छ । यो वर्ष हिउँद लागेयता वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन सकेको छैन ।

गहुँ, मकै, तोरीलगायत बालीनाली लगाउने समयमा वर्षा नहुँदा किसान चिन्तामा परेका छन् । वर्षासँगै सदरमुकामलगायत क्षेत्रमा चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्