घाँस काट्न जंगल लगेर श्रीमतीको हत्या

<span class='c1'>घाँस काट्न जंगल</span> <span class='c2'>लगेर श्रीमतीको हत्या</span>

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा २३ वर्षीयाा श्रीमती युनिका पौडेल खत्रीको हत्या भएको हो ।

उनको जङ्गलमा शव फेला परेपछि श्रीमान्लाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ ।

प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्