मन्त्री चापागाईले गरे नवनिर्मित पुलको उद्धघाटन

<span class='c1'>मन्त्री चापागाईले गरे</span> <span class='c2'>नवनिर्मित पुलको उद्धघाटन</span>

विराटनगर । मोरङको बेलबारी-४ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन गरिएको छ ।

केसलिया खोला माथि निर्माण गरिएको उक्त पुल शुक्रबार एक कार्यक्रमका बीच प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले उद्धघाटन गरेका हुन् ।

३७ मिटर लम्बाइ रहेको सो पुल ६ करोड १८ लाख ४३ हजारको लागतमा निर्माण भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख शुसिल श्रेष्ठले जानकारी दिए । गिताञ्जली कन्ट्रक्सन प्रा.ली दुहवी र प्रदेश १ सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय यातायता पूर्वाधार निर्देशनालय बीच २०७६ फागुन १८ गते सम्झौता गरिएको थियो ।

२०७८ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि २०७९ साल असार २५ गते मात्रै पुल निर्माण कार्य सम्पन्न गरेर कन्ट्रक्सनले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो । पुल निर्माण कार्य २ वर्षको अवधिमा सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि मुल्यवृद्धि र कोभिडका कारणले तोकिएको समयभन्दा पछाडी धकेलिएको उनले बताए ।

पुल उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चापागाईले प्रदेश सरकारले विकास निर्माणको कार्यमा उल्लेखनिय काम गरेको बताए ।

यस्तै कार्यक्रममा बेलाबारी नगरपालिकाका नगरप्रमुख दिप्रसाद राईले समयमा काम गर्न सके उदाहरणीय रहन सक्ने बताए ।

उद्धघाटन कार्यक्रममा प्रदेश सांसद गीता तिम्सिना स्थानीय जनप्रतिनिधिहरुकोसमेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्