सुनसरीबाट चार लाख ३४ हजार मुल्य बराबरका कपडा बरामद

सुनसरीबाट चार लाख ३४ हजार मुल्य बराबरका कपडा बरामद

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ ।

शनिबार दिउसो इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी-४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव चार लाख ३४ हजार मुल्य बराबरका कपडा बरामद गरिएको छ ।

उक्त कपडा आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्