सुनबर्षी र केराबारीबाट प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ

सुनबर्षी र केराबारीबाट प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी-५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैया पक्राउ गरेको हो ।

त्यसैगरी केराबारी-६ का ५० बर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर बाट खटिएको (आरआइटी) प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजा सहित नगद ६७ हजार ७ सय रुपैया सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्