सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

<span class='c1'>सांसद रहमानको निधनप्रति</span> <span class='c2'>शोक प्रस्ताव पारित</span>

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो ।

दिवङ्गत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १५ गते दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्