सुनसरीबाट चोरीमा संलग्न ३ जना मोटरसाईकलसहित पक्राउ

सुनसरीबाट चोरीमा संलग्न ३ जना मोटरसाईकलसहित पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्