थप तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

<span class='c1'>थप तीन मन्त्रालयको</span> <span class='c2'>कार्यभार प्रधानमन्त्रीलाई</span>

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्नुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिनुभएको थियो ।

राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रवबहादुर प्रधान हुनुहुन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्