जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने

<span class='c1'>जनयुद्ध र जनआन्दोलनका सहिदको</span> <span class='c2'>नाम राजपत्रमा प्रकाशित गरिने</span>

काठमाडौँ । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने भएको हो । आजको मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन कुन–कुन सरकारी कार्यालय खोल्ने भन्नेबारेमा पनि निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद्ले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल रु तीन हजार तीन सय ५१ तोक्ने, चालु आव २०७९/८० का लागि उक्त मूल्य निर्धारण गर्ने र सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने लगायतका निर्णय गरेको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्