यू–१९ विश्वकप एसिया क्षेत्र छनाेट : आज नेपाल र मलेसिया भिड्दै

यू–१९ विश्वकप एसिया क्षेत्र छनाेट : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । आईसीसी अन्डर नाइन्टिन विश्वकप एसियाली क्षेत्रको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो ।

यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले बिहिबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्