विद्युत प्राधिकरणले ल्यायो ‘एनई एप’ सञ्चालनमा

विद्युत प्राधिकरणले ल्यायो ‘एनई एप’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो मोबाइल एप्लिकेसन (एप) सञ्चालनमा ल्याएको छ । सेवालाई छरितो, गुणस्तरीय र आधुनिक बनाउन एप सञ्चालनमा ल्याइएको हो ।

ग्राहकका गुनासोसमेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एम ‘एनई एप’ सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’मा गई ‘NEA Official App’ सर्च गरी डाउनलोड गर्न सकिनेछ ।

यो एपबाट मिटर रिडिङ, बिलिङ, मसहसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी प्रदान गर्नुका साथै विद्युत आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ ।

सेवा लिन सरल र सहज हुने भएकोले यो एपको प्रयोग गर्न प्राधिकरणले सेवाग्राहीमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्