जीवन विकास समाजद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<span class='c1'>जीवन विकास समाजद्वारा वित्तीय</span> <span class='c2'>साक्षरता कार्यक्रम सम्पन्न</span>

विराटनगर । जहदा गाउँपालिका १ स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार जीवन विकास समाज कटहरी २ को आयोजना तथा नव बिहानी र थ्रि जिरो क्लबको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय साक्षरता भनेको के हो, नोट को जतन कसरी गर्न सकिन्छ, वित्तीय व्यवस्थापन,सही सदुपयोग कसरी गर्न सकिन्छ, बचत कसरी गर्न सकिन्छ लगायत समग्र बैंकिङ क्षेत्रको बारेमा जानकारी दिइएको थियो ।

जीवन विकास समाजका सामाजिक सहजकर्ता अभय मगर र पवन मुखियाले प्रशिक्षण गरेका थिए।

विद्यालयका कक्षा ६,७,८ र ९ गरि जम्मा ६१ जना विद्यार्थीको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्