विराटनगर । कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री राजन राईले किराँत मरि नसकेको मात्रै ऐठन परेको बताएका छन् ।
राईले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै
किराँत मरि नसकेको मात्रै ऐठन परेको हो र भोलि कुनै न कुनै दिन व्युझ्याउने बताएका हुन् ।
उनले लेखेका छन् ",इतिहासले बकपत्र गर्छ, नदिले लगभग दुई सय - साढे दुई सय बर्ष अघि मात्रै यो नाम पाएको हो। तर "किराँत" चार बेद,अठार पुराण, रामायण, महाभारत भन्दा पहिलै जन्मेको प्राचीन शब्द हो।
किराँत मरि सकेको छैन, मात्रै ऐठन परेको हो । भोलि कुनै न कुनै दिन ब्युझन्छ, हामी ब्युझाउछौँ !"